Itumbaha

भगवान बुद्धले संबोधि ज्ञान प्राप्त गरिसकेपछि ४५ वर्षसम्म ग्राम ग्राम नगर नगर परिभ्रमण गरी जनकल्याणको लागि विमुक्ति मार्गको जुन अमूल्य उपदेश दिनुभयो त्यो त्रिपिटकमा संकलित छ । त्रिपिटकको सूत्रपिटक अन्तर्गत दीघनिकाय र मज्झिम निकाय अध्ययन गर्दा एउटा कुरा के स्पष्ट हन्छ भने भगवान बुद्धले जो सुकैलाइ पनि अन्ततोगत्वा दुखवाट विमक्तिको लागि एकमात्र उपाय ध्यानकै कुरा गर्नुहन्थ्यो । तर विशेष रुपमा ध्यानकै सम्वन्धमा उपदेश दिनुभएको सूत्र दीघनिकायको “महासतिपट्ठान सूत्र” र मज्झिम निकायको “सतिपट्ठान सूत्र” मा मात्र उल्लेख भएको पाइन्छ । यो सूत्र बिशेष रुपमा बिमुक्तिमार्गको रुपमा उपदेशित भएको हंदा यो अति महत्वपूर्ण सूत्र हो ।

सूत्रको शुरुमा नै भगवान बुद्धले यो सतिपट्ठान ध्यान पद्धतिलाइ “एकायनो अयं भिख्खवे, मग्गो सत्तानं बिशुद्धिया” भनेर सम्पूर्ण सत्वहरुको बिशुद्धिको लागि यो एउटै मात्र मार्ग हो भनि भन्नुभएको छ । यो सूत्रको प्रत्येक शव्द शब्दमा ध्यानको प्रक्रीया मार्गनिर्देशित गरिएको छ ।

भगवान बुद्धले यो उपदेश कुरु स्थित कम्मासधम्म भन्ने नगरमा दिनुभएको थियो । यस सूत्रमा कसरी होशपर्वक क्षण क्षणमा सजग रही यथार्थ बोधद्वारा चित्तलाइ निर्मल गर्दै विमुक्र्तिसम्म पुग्ने भन्ने विवरण उल्लेख छ । यो कनै दार्शनिक मान्यतामा आधारित कुरा मात्रै होइन बल्की प्रकृतिको नियमलाइ आफैभित्र साक्षात्कार गरी वास्तविक सत्यको अववोध गर्दै अघि बढने प्रक्रिया हो । जो कोही पनि यस प्रक्रियावाट अघि बढनाले स्वयं आफूलाई शुद्ध एवं सुखी हंदै गएको अनुभव हुन्छ एवं ढिलो चांडो भव बन्धनवाट मुक्त हने कुरामा विश्वस्त पार्दछ । विमुक्ति याने कि निर्वाण सम्पूर्ण रुपमा दःख निरोधको अवस्था हो । दुःखको मूल कारणनै तृष्णा जनित विकारहरु चित्तमा संचित क्लेश हो । विभिन्न उपायहरु द्वारा यी विकारहरुलाई केही हदसम्म हटाउन वा दवाउन सकिन्छ । तर अनन्तकाल देखि संग्रहित अन्तर्मनको गहिराइमा दबिएर रहेको चित्तमलहरु लाइ जडदेखि नै हटाउनको लागि जुन साधनाको अभ्यास गर्नुपर्ने हो त्यो ध्यान नै सतिपट्ठान विपश्यना ध्यान भावना हो । लेश मात्र पनि चित्तमल बांकी रहेमा विमुक्त हंदैन । विमुक्त हनको लागि संपुर्ण क्लेशहरु जरादेखि नै निर्मूल हन आवश्यक छ । चित्त बिशुद्धिको लागि गरिने सतिपट्ठान ध्यान भावना चार किसिमले गर्नु पर्ने यस सूत्रमा बताइएको छ । यसलाइ चार स्मृति प्रस्थान भनिएको छ । ती हन् ः

  • कायमा कायानुपश्यी भई विहार गर्ने अर्थात शरिरमा शरिरलाइ बिशेष रुपले हेरेर बस्ने
  • वेदनामा वेदनानुपश्यी भई विहार गर्ने अर्थात शरिरभित्रको जुन वेदना ‐तरंग वा उर्जा) को अनुभव हुन्छ त्यही वेदना ‐तरंग वा उर्जा) लाइ बिशेष रुपले हेरेर बस्ने
  • चित्तमा चित्तानुपश्यी भई विहार गर्ने अर्थात चित्तमा चित्तको अवस्थालाइ बिशेष रुपले हेरेर बस्ने
  • धर्ममा धर्मानुपश्यी भई विहार गर्ने अर्थात चित्तले धारण गर्ने जुन स्वभाव हो त्यो स्वभावलाइ बिशेष रुपले हेरेर बस्ने

विशेष रुपमा हेर्ने भन्नुको तात्पर्य मनलाइ एकाग्र राखी पूर्ण रुपमा सजग रही यस क्षणमा एवं क्षण क्षणमा के भइरहेको छ त्यसलाई साक्षीभावले प्रत्यक्ष रुपमा जानेर बस्नु हो । यसलाइ विपश्यना भनिन्छ । साधनाको क्रममा चार प्रकारले विशेष रुपमा हेर्ने कार्य नै चार स्मृतिप्रस्थान हन् ।

१. कायमा कायानुपश्यी भई विहार गर्ने अर्थात शरिरमा शरिरलाइ बिशेष रुपले हेरेर बस्ने ः
हामी जसलाइ यो शरिर भनेर ग्रहण गरि बसेका छौं यसको वास्तविक सत्य के हो । यो स्थूल शरिर भित्र के भइरहेको छ साधना विधिद्वारा यसको सूक्ष्मातिसुक्ष्म अनुभव गर्न सकिन्छ । यो कुनै कल्पना, चिन्तन मनन, मत वा सिद्धान्तको आधारमा होइन कि वास्तविक जे जस्तो छ त्यही नै यथाभूत अनुभव गर्ने हो । शरिरलाइ हेर्ने विधि छ प्रकारको बताइएको छ । आनापान, इर्यापथ, संप्रज्ञान, प्रतिकूलमनसिकार, धातुमनसिकार र नवसिवथिक ।

आनापान ः शरिरभित्र हमेशा विद्यमान रहने नैसर्गिक श्वास प्रश्वास हो । अतः समाधिको महत्वपूर्ण एवं पहिलो खुडकिलो नै श्वास प्रश्वासको सक्रिय अभ्यास हो । अतः एकान्त स्थानमा सरल आसनमा सीधा बसी जीवनभर साथ रहने यो श्वास प्रश्वासलाइ नै प्रमुख प्राथमिकता दिएर क्षण प्रतिक्षण यहि नैसर्गिक सांसको अटूट रुपमा होश बनाइराख्नु नै आनापान अभ्यास हो । लामो भए लामो सांस, छोटो भए छोटो सांस, जे जस्तो प्राकृतिक अवस्थामा चलिरहेको छ त्यही स्वाभाविक एवं सहज रुपमा निरन्तर जानकारी बनाइराख्नु पर्दछ । यसरी आफ्नो तर्फवाट कुनै कृत्रिम प्रयास नगरीकन स्वाभाविक रुपमा सांसलाइ निरन्तर साक्षीभावले हेर्दै जांदा निम्न अवस्थाहरुको अनुभव हुने गर्दछ ।

  • सम्पूर्ण शरिर संवेदनशील भइ सर्वत्र तरंग नै तरंगको प्रवाह भैरहेको अनुभव हनु
  • सम्पूर्ण शरिर शान्त भइ सर्वथा प्रशान्तिको अनुभव हनु, शरिरको भित्री गहिराइसम्म विशेष रुपले निरिक्षण गर्न सक्नु,
  • शरिरको बाहिरी सतहमा विशेष रुपले निरिक्षण गर्न सक्नु,
  • शरिरको भित्र र बाहिर गहिराइसम्म एकसाथ विशेष रुपले निरिक्षण गर्न सक्नु,
  • सारा शरिर एवं अंग प्रत्यंगमा उदय व्यय अर्थात उत्पत्ति र क्षय भइरहेको यथार्थ अनित्यवोधको दर्शन गर्न सक्नु

इर्यापथः शरिरको अन्य अवस्थाहरु जस्तै बस्दा, उठ्दा, हिंडदा, लेट्दा जुनसुकै अवस्थामा पनि सजग भइ होशपर्वक रहनु पर्दछ । यसले साधनाको निरन्तरता प्रदान गर्दछ ।

संप्रज्ञानः ध्यानमा सचेत भएर बस्ने तरिका नै संप्रज्ञान हो । हाम्रो शरिर तरंगै तरंगको पुन्ज हो । यस अवस्थासम्ममा साधकले शरिरमा जहां हेर्यो त्यहां तरंगको प्रवाह रहेको अनुभव गर्दछ । यो तरंग क्षण क्षणमा उत्पत्ति र क्षय भइरहेको पनि अनुभव गर्दछ । जीवनको यो अनित्य बोध अनुभवद्वारा थाहा पाउनु प्रज्ञा हो । र यो प्रत्यक्ष ज्ञान संवेदना अर्थात तरंगको माध्यमद्वारा थाहा पाउनु नै संप्रज्ञान हो । सतिपट्ठान साधनाको हर अवस्थामा संप्रज्ञानको साथ हुनु जरुरी छ ।

प्रतिकूलमनसिकारः साधनाको क्रमा मन कामवासनामा आसक्त भइ ध्यान गर्न कठिन भएको अवस्थामा शरिरमा निहित नवद्वार वाट निस्कने फोहर पदार्थ लगाएत ३२ प्रकारका असुचिहरुको चिन्तन गर्नाले यस प्रकारको कामवासनावाट मन प्रतिकूल हुन गइ ध्यानाभ्यास सहज हने गर्दछ ।

धातुमनसिकारः यो शरिर चार धातुहरुको समिश्रण हो । पृथ्वीधातु, जलधातु, अग्निधातु र वायोधातु । शरिरमा विद्यमान ठोसपना पृथ्वीधातु हो जस्तै हाड, अस्थिपंजर आदि । यसको स्वभाव हुन्छ भारीपना वा हल्कापन । जतिपनि बग्ने तत्व छन् ती जलधातु हन् । जस्तै रगत, मूत्र, लार आदि । यसको स्वभाव हुन्छ संयोजन यानी जोड्नु । गर्मी, सदीर्, तातोपन वा चिसोपनको अनुभव हुन अग्निधातु विद्यमान हुनु हो । शरिरभित्रको हलन चलन, वायु , ग्यास इत्यादि वायोधातु हन । यी चार तत्व एवं यसको स्वभावको प्रत्यक्ष अनुभूति गर्न सकिन्छ ।

नवसिवथिकः अत्यधिक गहिरा्े कामवासना प्रतिको आसक्तिलाइ छुटाउन नौ प्रकारवाट बिकृत लाशको अवलोकन गर्ने त्यसवेलाको प्रचलित उपाय यसमा वर्णित गरिएको छ ।

जुन प्रकारले कायानुपश्यना गर्दा पनि यस प्रकार स्मृति प्रतिष्ठापित हुन्छ कि यस शरिरको यथाभूत सत्यको जानकारी रहीरहन्छ र साधकको मन केवल ज्ञान र दर्शनमा मात्रै टिकीरहेको हुन्छ र चित्त अनासक्त भइ बसीरहेको हन्छ ।

२. वेदनामा वेदनानुपश्यी भई विहार गर्ने अर्थात शरिरभित्र जुन वेदना ‐तरंग वा उर्जा को अनुभव हुन्छ त्यही वेदना ‐तरंग वा उर्जा लाइ बिशेष रुपले हेरेर बस्नेः
ध्यानको क्रममा शरिरभित्र वेदना यानेकि तरंग।उर्जाको अनुभव हुन थाल्दछ । यो अनुभव सुखद हुन सक्दछ वा दुखद पनि हुन सक्दछ वा असुखद अदुखद जस्तो पनि हुन सक्दछ । यो तरंगको अनुभव अति महत्वपूर्ण छ किनकि यही तरंगको साथ साथ बिपश्यना हुने गर्दछ । शरिरभित्र यो सूक्ष्म तरंगको अनुभव हुनु नै विमुक्तिको द्वार खुला हुनु हो । विमुक्तिको द्वारसम्म पुर्याइदिने माध्यम नै यो तरंग हो । शरिरभित्र अनुभव हुने यो तरंग शुरु शुरुमा त दुखद नै हुन्छ किनकि मन र शरिरका विकारहरु शुरुमा स्थूल रुपमा प्रकट हन्छ, जस्तै पीडाको रुपमा, दुखाइको रुपमा, भारीपना, जलन इत्यादिको रुपमा महसूस हुन्छ । जव यसलाई साक्षीभावले हेरिन्छ विस्तारै यसको ठोसपना समाप्त हुंदै सूक्ष्म हुंदै हुंदै धारा प्रवाह तरंगको रुपमा रुपान्तरित हन्छ ।

यस्ता संवेदनाहरु चाहे जुनसकै प्रकारको होस् सुखद वेदनाको अनुभूति हंदा सुखद वेदना भइरहेछ भन्ने थाहा पाइ राख्ने, दुखद वेदनाको अनुभूति हुंदा दुखद वेदना भइरहेछ भन्ने थाहा पाइ राख्नु पर्दछ । मनले कुनै प्रतिक्रीया गर्नु हंदैन । जस्तोसुकै वेदना उत्पन्न भएपनि केवल साक्षीभावले हेरेर त्यसको उत्पन्न र नष्ट हुने स्वभावलाइ जानेर मात्र बस्नुपर्दछ । जुनसुकै संवेदना या तरंगहरु पनि उत्पन्न हुन्छ र केही क्षणमा नष्ट भएर जान्छ । फेरी उत्पन्न हुन्छ नष्ट हुन्छ । यही नै यसको स्वभाव हो । सुखद तरंगमा रमाउने र दुखदमा दुखी हने काम बिल्कुलै गर्नु हुंदैन । यसो गर्दा सुखमा लिप्त हुने राग र दुखमा घृणा हुने द्वेष उत्पन्न हुने हुंदा अन्ततः दुवैद्वारा थप दुख नै पैदा हुने संस्कारको बृद्धि हुन थाल्दछ । यहिंनेर सचेत भ्एर काम गर्नु पर्दछ । अन्तर्मनमा संग्रहित पुराना संस्कारहरु पनि अमूर्त तरंगको रुपमा आइरहने हंदा जव यस्ता तरंगहरु आउंछन् चित्तलाइ तटस्थ राखी साक्षीभावले हेरेर बस्दा यी संस्कारहरु कमजोर भइ विनष्ट भएर जान्छन् । यस प्रकार विकारहरु निकाल्दै जांदा चित्त निर्मल हंदै जान्छन् जसको फलस्वरुप मनमा शान्ति एवं अपार आत्मीय सुखको अनुभव हुन थाल्दछ । यस अवस्थामा पनि साक्षीभाव कायमै रहनुपर्दछ । नत्र मोहको संस्कार बृद्धि हने खतरा हन्छ । जसरी कोही यात्री नदिको किनारामा बसी आफ्नो अगाडी बगिरहेको पानीलाई निरन्तर रुपमा हेरेर बसिरहन्छ, विविध प्रकारले बगिरहेका यी संवेदना रुपी तरंगका धाराहरुलाई साक्षीभावले हेरेर मात्र बस्नुपर्दछ । यसले चित्तधारामा आसक्तिको स्वभाव विस्तारै विस्तारै टुटाइदिन्छ । यस प्रकार वेदनामा वेदनानुपश्यी भई विहार गर्दा पनि चित्त यसप्रकारले स्थित हुन्छ कि केवल वास्तविक सत्यको ज्ञान र दर्शन मात्रै बनिरहन्छ र चित्त कुनै पनि कुरामा लिप्त भएर बसेको हंदैन ।

३, चित्तमा चित्तानुपश्यी भई विहार गर्ने अर्थात चित्तमा चित्तको अवस्थालाइ बिशेष रुपले हेरेर बस्नेः
ध्यानसाधनाको क्रममा चित्तको विभिन्न अवस्थावाट गुज्रनुपर्ने हुन्छ । चित्तको हरेक अवस्थाको सही जानकारी बनाइराख्नु नै चित्तानुपश्यना हो । चित्त रागयुक्त छ भने रागयुक्त छ भनेर जानीराख्ने, रागविहिन छ भने रागविहिन छ भनेर जानीराख्ने, द्वेषयुक्त छ भने द्व्ेषयुक्त छ भनेर जानीराख्ने, द्वेषविहिन छ भने द्व्ेषविहिन छ भनेर जानीराख्नु पर्दछ । त्यस्तै चित्त संक्षिप्त छ, विक्षिप्त छ, मोहयुक्त छ, मोहविहिन छ, समाहित छ, असमाहित छ, महग्गत छ, अमहग्गत छ, सउत्तर छ अनुत्तर छ, विमुक्त छ वा अविमुक्त छ, चित्तको हरेक अवस्थाको तटस्थ भावमा सही जानकारी बनाइराख्नु पर्दछ ।

मनमा कामवासना वा आसक्ति जागीरहेको छ भने अहिले मेरो चित्त रागयुक्त छ भन्ने यथार्थवोध हनुपर्दछ । कोहीप्रति ईष्र्या, डाह, रिस आइरहेको छ भने अहिले मेरो चित्त द्वेषयुक्त छ भन्ने यथार्थवोध हनुपर्दछ । छैन भने छैन नै भन्ने वोध हुनुपर्दछ । त्यस्तै म मेरो भन्ने भाव आइरहेको छ भने मोहयुक्त, चित्त समाधिष्ठ छ भने समाहित छ । ध्यानमा निकै अगाडि पुगिसकेपछि आफ्नो चित्तलाइ अन्यत्र फैलाउन सक्ने सामथ्र्य हन्छ, यस्तो अवस्थालाइ महग्गत चित्त भनिन्छ । चित्तको अन्तिम अवस्थालाई ‘अनुत्तर’ चित्त भनिन्छ भने अझै अगाडी जान बांकी नै छ भने ‘सउत्तर’ चित्त भनिन्छ । चित्तको विकारविहिन अवस्थालाइ विमुक्त चित्त भनिन्छ भने विकार अझै बांकी छ भने अविमुक्त चित्त भनिन्छ । चित्तको हरेक अवस्थाको तटस्थ भावमा सही जानकारी बनाइराख्नु पर्दछ ।

चित्तको जुन जस्तो अवस्था छ त्यस्तै रुपमा साक्षीभावमा जानीराख्नाले यसको पनि उदय व्यय भइ नै रहेको ज्ञात हन्छ । यही अनित्यवोधको साथ चित्तानुपश्यना गर्दै जांदा पनि अन्ततः त्यही अवस्थामा पुगिन्छ जहां केवल ज्ञान र दर्शन मात्रै वनिरहन्छ र चित्त कुनै पनि कुरामा लिप्त भएर बस्दैन, अनासक्त भएर विहार गर्दछ ।

४, धर्ममा धर्मानपश्यी भई विहार गर्ने अर्थात चित्तले धारण गर्ने जन स्वभाव हो त्यो स्वभावलाइ बिशेष रुपले हेरेर बस्नेः
चित्तमा विभिन्न राम्रा नराम्रा विचारहरु सततः आइरहेका हन्छन् । ती विचारहरु एवं तिनका स्वभाव लाइ जानी त्यस्को स्वीकारोक्तिका साथ अघि बढ्नु नै धम्मानुपश्यना हो । चित्तले धारण गर्ने ती स्वभावहरुलाई पांच नीवरण, पांच उपादान स्कन्ध, छ आयतन, सात बोध्यंग, र चार आर्य सत्यको रुपमा विभाजन गरी .व्याख्या गरिएको छ । यसको संक्षिप्त सार यसप्रकार छ ।

पांच नीवरण
साधनाको शुरु शुरुमा काम गर्न निकै कठिन हन्छ । मानसिक विचलन ल्याउने यी तत्वहरुले ध्यानाभ्यासको काम गर्न नै दिंदैन । त्यसैले यसलाइ पांच नीवरण, आवरण, पर्दा या शत्रु पनि भनिन्छ । यी पांच तत्व र यिनका स्वभाव यी हन् ः

  • कामच्छन्द ः मनमा उठिरहने कामवासना, रागजनित इच्छा आकांक्षा एवं आसक्ति
  • व्यापादः कोही न कोही प्रति रिस, क्रोध, घृणा, ईष्र्या बदलाको भाव जागीरहनु
  • थीनमिद्धः एकदम अल्छि लाग्ने, आलस, तन्द्रा निन्द्रा आदि लागी मनलाइ बेहोस बनाइदिने
  • उद्धच्च कुकुच्चः उकुस मुकस लाग्ने, बेचैनी, पश्चाताप, रुन या भाग्न मन लाग्ने, बसीराख्न नरुचाउने, चंचल पन
  • विचिकित्साः नाना शंका उपशंका, भय एवं विपरीत तर्क वितर्कहरु आइरहने

यी नीवरणहरुलाइ पनि जागरुकताका साथ हेर्दै जांदां साधनामा अघि बढन सकिन्छ ।

पांच उपादान स्कन्ध
रुप, वेदना, संज्ञा, संस्कार र विज्ञान यी पांच स्कन्ध हन् । रुप भनेको वाह्य देखिने भौतिक शरिर हो भने वांकी चार अनुभव गर्ने, थाहा पाउने, प्रतिक्रीया गर्ने र धारण गर्ने चार मानसिक तत्व हन् । यो पांचको समूहलाइ नै हामी शरिर र आत्मा यानी जीवन भन्दछौं । धम्मानुपश्यना द्वारा यसको पनि अनित्य स्वभाव थाहा पाउन सकिन्छ ।

छ आयतनः

  • शरिरभित्र रहेको छ द्वारवाट बाहिरको सम्वन्धित आलम्वन संग स्पर्श हंदा त्यसको संयोजनले आसक्तिको बन्धन तृष्णा पैदा हने गर्दछ ।
  • आंखाले रुप देखेर त्यसको संयोजनद्वारा मन पर्ने ‐राग) वा मन नपर्ने ‐द्वेष) आसक्ति पैदा गर्दछ ।
  • कानले शब्द सुनेर त्यसको संयोजनद्वारा मन पर्ने ‐राग) वा मन नपर्ने ‐द्वेष) आसक्ति पैदा गर्दछ ।
  • नाकले गन्ध संूघेर त्यसको संयोजनद्वारा मन पर्ने ‐राग) वा मन नपर्ने ‐द्वेष) आसक्ति पैदा गर्दछ ।
  • जिव्हाले रसास्वाद वाट त्यसको संयोजनद्वारा मन पर्ने ‐राग) वा मन नपर्ने ‐द्वेष) आसक्ति पैदा गर्दछ ।
  • शरिरले स्पर्शद्वारा त्यसको संयोजनद्वारा मन पर्ने ‐राग) वा मन नपर्ने ‐द्वेष) आसक्ति पैदा गर्दछ ।
  • मनले ग्रहण गर्ने धर्मको संयोजनद्वारा मन पर्ने ‐राग) वा मन नपर्ने ‐द्वेष) आसक्ति पैदा गर्दछ ।

यी छ भित्री एवं छ वाह्य आयतनहरुको साक्षीभावले अवलोकन गर्दा गर्दा यसको संयोजन क्रमशः हट्दै चित्त अनासक्ति तर्फ उन्मुख हुंदै जान्छ ।

सात बोध्यंगः
यहांसम्म पुग्दा साधक सात बोधिको अंगलाइ पनि धर्मानुपश्यना गर्दै बोधिका अंगहरु परिपुष्ट गर्दै अघि बढ्न सक्षम हुंदै जान्छ । यी सात बोधिका

अंगहरु यस प्रकार छन् ः

  • स्मृतिः सजगता, जागरुकता, होश । हमेशा जागरुक भएर बस्न सक्ने सामथ्र्य बिकास हनु ।
  • धर्मविचयः जे जति पनि धर्महरु उत्पन्न हुन्छन् तिनीहरुको विभाजन विघटन गरी हेर्न सक्नु ।
  • वीर्यः निरन्तर रुपमा ध्यानाभ्यासमा पराक्रम एवं पुरुषार्थ जारी राख्न सक्नु ।
  • प्रीतिः क्रमशः विकार हट्दै गएपछि शरिर भरी रोमांचक आनंन्दको लहरहरु उत्पन्न हुनु ।
  • प्रश्रब्धिः गहिरो शान्ति एवं सुख प्राप्ति, आत्मीय शांतिको अनुभव हुनु ।
  • समाधिः गहन समाधिको उपलव्धि । यस अवस्थामा चतुर्थ ध्यानसम्म सहज रुपमा पुग्न सकिन्छ ।
  • उपेक्षाः हर अवस्थामा साक्षीभाव, समताको भाव कायम गर्न सक्ने सामथ्र्य हुनु ।

चार आर्य सत्यः
यसप्रकार धम्मानुपश्यना गर्दै जांदा चार आर्य सत्यलाइ पनि प्रत्यक्ष रुपमा राम्रोसंग यथाभूत अनूभति गर्न सकेको हुन्छ ।

  • यो दुख हो । जन्म, जरा, व्याधि, मरण, शोक, क्रन्दन, शारिरीक मानसिक दख, संयोग वियोग आदि ।
  • यो दुखको समुदय हो । दुखको कारण तृष्णा हो । रुप, शब्द, गन्ध, रस तथा स्पर्श को प्रति तृष्णा ।
  • यो दुखको निरोध हो । तृष्णाको समूल प्रहीण हुनु नै दुख को अन्त हो ।
  • यो दुखलाइ हटाउने उपाय हो । आर्य अष्टांतिक मार्ग । सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्मान्त, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि ।

यसरी हर प्रकारले धर्ममा धर्मानपश्यी भई विहार गर्दा पनि चित्त यसप्रकारले स्थित हुन्छ कि केवल वास्तविक सत्यको ज्ञान र दर्शन मात्रै बनिरहन्छ र चित्त कुनै पनि कुरामा लिप्त भएर बसेको हंदैन ।

भगवान बुद्धको प्रत्याभूति
जो कोहीले पनि यी चार स्मृतिप्रस्थानको ध्यान सही प्रकारले अटूट रुपमा निरन्तर गर्न सकेमा उसलाई यही जन्ममा कम्तीमा सात दिन देखि बढीमा सात वर्षभित्र ‐आफ्नो क्षमतानुसार) परम विमुक्ति सुख निर्वाणको साक्षात्कार गर्न सकिन्छ, अथवा केही विकार वांकी रहेमा अनागामी फल ‐एउटा अर्को अन्तीम जन्मवाट विमुक्ति) प्राप्त हनेछ ।

सूत्रको अन्तमा पनि भगवान बुद्धले यो सतिपट्ठान ध्यान पद्धतिलाइ “एकायनो अयं भिख्खवे, मग्गो सत्तानं बिशुद्धिया” भनेर सम्पूर्ण सत्वहरुको बिशुद्धिको लागि यो एउटै मात्र मार्ग हो भनि पुनः दोहर्याउनु भएको छ । भगवानको यस अमृतोपदेशलाइ उपस्थित सवैले अनमोदन गरेको तथ्यवाट महासतिपट्ठान सूत्रलाइ अन्त्य गरिएको छ ।

यो सतिपट्ठान ध्यान भावना भगवान बुद्धले निर्वाण प्राप्तिको लागि प्रव्रजित भएका भिक्ष्ुाहरुलाई लक्षित गरी विस्तृत रुपमा यो गम्भीर उपदेश दिनुभएको थियो । यो सूत्र मानव कल्याणको लागि भगवान बुद्धको अमूल्य उपहार हो । आज पनि यो उपदेशको महत्ता उत्तिकै छ एवंका ध्यानका शिविरहरु नियमित रुपमा संचालन भैरहेका छन् । आजको समाज एवं व्यस्त जीवनमा यसको सही उपयोग कतिको संभव छ यो प्रश्नको विषय अवश्य पनि हुन सक्ला । तथापि ध्यानाभ्यासद्वारा मानसको गहिराइमा जुन ज्ञान र सत्यको दर्शन हुने हो त्यसको फलस्वरुप दैनिक जीवनमा आइरहने तनाव एवं समस्याहरुवाट हमेशा सतर्क रही सन्तुलित जीवन यापन गर्न सकेमा मात्र पनि शान्ति एवं सुख प्राप्त गर्न सकिन्छ भन्ने कुरामा पूर्ण विश्वास लिन सकिन्छ ।

भवतु सब्ब मंगलम्

संदर्भ सामग्रीः
दीघनिकाय ः महासतिपट्ठान सूत्र अनुवादक दुण्डबहादुर बज्राचार्य
मज्झिमनिकाय ः सतिपट्ठान सूत्र अनुवादक दुण्डबहादुर बज्राचार्य
महासतिपट्ठान सुत्त ः विपश्यना विशोधन विन्यास, इगतपुरी
७ दिवसिय सतिपट्ठान ध्यान भावना, धम्मश्रृंग, मुहानपोखरी, बुढानीलकण्ठ ।

(An article by Ratna Sambhava Shakya published in the souvenir of Tripitaka Knowledge Center)

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *